चितवन । भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताएका छन् । ड्राइभिङ स्कुल सङ्घको पाँचौँ महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुने बताए । “आज मात्रै ६ लाख कार्ड ल्याइएको छभने अन्य ६ लाख कार्ड ल्याउने तयारीमा छौं । लाइसेन्स छपाइ र वितरण नरोकिने…