२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

जनताले अब कुनै राजालाई स्वीकार्दैनन् : अध्यक्ष नेपाल

वीरगञ्ज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली जनताले अब कुनै पनि राजा वा महाराजालाई नस्वीकार्ने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) पर्साद्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले नेपाली जनताको बलिदान र त्यागबाट प्राप्त भएको गणतन्त्र बलियो भइसकेकाले अब कुनै पनि राजा वा महाराजा स्वीकार्य नहुने बताए ।…