५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

बुटवलका तत्कालीन नापी निरीक्षक मरासिनीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । नापी कार्यालय बुटवल रुपन्देहीका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भ्रटाचार मुद्दा दायर गरेको हो ।

सरकारी कागजात सच्याई गैरकानुनी लाभ लिएको आरोपमा उनीहरुविरुद्द भ्रष्टाचार मुद्दा चलाइएको छ । नापी निरीक्षक मरासिनीसहित तत्कालीन सर्वेक्षक शिवनाथ मण्डल, तत्कालीन अमिन शौकत अलि खाँ, जग्गाधनी नन्दबहादुर काला थापा र मानबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

बुटवल उपमहानगरपालिका-१३ को सार्वजनिक जग्गा बुटवल क्षेत्र हेर्ने नापी कार्यालयका अमिनले अन्य जग्गाधनीहरुसँग मिलेमतो गरी उक्त जग्गा फिल्डमा नभएको जानकारी गराएको भन्दै अख्तियारमा उजुरी परेपछि छानबिन सुरु भएको थियो ।

सो क्रममा सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गराएर भ्रष्टाचार गरेको पाइएपछि उनीहरुविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

तत्कालीन नापी निरीक्षक मरासिनीले सार्वजनिक बाटो कायम रहेको किता नम्बर ४८६३ को जग्गालाई २०६३ असोज २९ गते ट्रेस नक्सा तयार गर्दै कित्ताकाट गरी कित्ता नम्बर ५९७८ र ५९७९ कायम गराउका थिए ।

कायम हुन आएको कित्ता नम्बर ५९७९ लाई साविक जग्गाधनी कै नाउँमा कायम गरिएको तर कित्ता नम्बर ५९७८ लाई फाईल नक्सा नम्बर ५९८ मा पारी साविकका जग्गाधनी हुँदै हालका जग्गाधनीलाई बिक्री गरिएको थियो ।

यसरी सार्वजनिक बाटो रहेको जग्गालाई कित्ताकाट गरी व्यक्ति विशेषमा दर्ता गरी भ्रष्टाचार गरेको पाइएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

सरकारी नक्सा नम्बरसमेत फरक पारी कित्ता नम्बर ३०४७ लाई फिल्डबाट नै गायब गराउने गरी प्रमाणित गर्ने कार्य समेत भएको पाइएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ५ : १९ बजे

नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा

काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी

नारायणगढ । दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो

निर्माण व्यवसायीले दिए मुलकभरका विकास निर्माणको काम ठप्प पार्ने चेतावनी

नेपालगन्ज। बिगत २ सातादेखि आन्दोलनमा उत्रिएका बाँकेका निर्माण व्यवसायीहरुले आफ्नो

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको विरोध, जेठ ५ गते दिउँसै लालटिन बालिने

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा