१३ पुस २०८२, आइतबार | December 28, 2025

बल्खुमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस र पानीको फोहोरा प्रयोग

काठमाडौं। मेडिकल ब्यावसायी दुर्गा प्रसाईको कार्यक्रममा झडप भएको छ। बल्खुमा जम्मा भएको प्रदर्शनकारी अब कालिमाटी हुँदै शहर जानेछन् भनेर प्रसाईले आब्हान गरे पछि प्रहरीले रोकेको हो । प्रदर्शनकारी कालिमाटीतर्फ जाने र प्रहरीले रोक्ने भएपछि झडप सुरू भएको हो । बल्खुमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।