काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने क्रममा राज्यपक्षबाट व्यवस्थापनमा कमजोरी भएको स्वीकार गर्दै प्रभावित नागरिकसँग सार्वजनिक रूपमा माफी मागेका छन्। प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको २९ जेठमा बसेको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री गुरुङले सुकुम्बासी हटाउने कार्यलाई अझ व्यवस्थित र मानवीय ढंगले सञ्चालन गर्न सकिने बताए। “सबै…