३ आश्विन २०८३, शनिबार | September 19, 2026

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर दुई जना कामदारको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितिसिंह राठौरका अनुसार भैयापुरस्थित न्यू किसान इँटाभट्टाको घरमा निर्माणको काम गरिरहेको अवस्थामा पर्खाल भत्किएर गम्भीर घाइते भएका एक व्यक्तिको भेरी अस्पताल, नेपालगन्जमा उपचारका क्रममा आज मृत्यु भएपछि सो घटनामा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको हो ।

पर्खाल भत्केर गम्भीर घाइते भएका नेपालगन्ज–१७ का ४५ बर्षीय रामफेरन कोरीको मृत्यु भएको उनले जानकारी दिए । यसअघि सो पर्खाल भत्किँदा भैयापुर–१९ निवासी ५२ वर्षीय बर्षादी लोधको घटनास्थलमा मृत्यु भएको थियो । घटनास्थलमा मृत्यु भएकाको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ भने रामफेरनको शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगन्जमा राखिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  १० : २६ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब