२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

बसको ठक्करबाट दाङमा साइकल यात्रीको मृत्यु

दाङ । दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। बुटवलबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३९९८ नम्बरको बसले ठक्कर दिँदा लमही नगरपालिका–४ निवासी ४० वर्षीय हरिप्रसाद पौडेलको मृत्यु भएको हो। उनको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। साइकलमा घर फर्कँदै गर्दा लमही नगरपालिका–३ वनगाउँनजिक पौडेललाई बसले ठक्कर दिएको थियो।…