१२ बैशाख २०८३, शनिबार | April 25, 2026

‘नेपाली शान्तिप्रक्रियाको मौलिकता विश्वव्यापी स्थापित’



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाली शान्तिप्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

प्रमुख तीन राजनीतिक दलबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति भएपछि उनले बृहत् शान्ति सम्झौता भएको १७ वर्ष आठ महिना ११ दिनपछि महत्वपूर्ण सहमति भएको बताए ।

सो अवधिमा संविधान निर्माण, सेना समायोजनलगायत सम्पन्न भइसकेका छन् । उनले भने, “द्वन्द्वपीडितलाई न्याय, परिपूरण र मेलमिलाप ढिलाइ भइरहेको थियो । आज महत्वपूर्ण सहमति भएको छ ।”

नेता शर्माले भने, “सम्मानित अदालतको आदेशबमोजिम टिआरसी विधेयक संशोधनका लागि सहमति जुट्न नसकिरहेको सन्दर्भमा गृहमन्त्री रमेश लेखक, माननीय महेश बर्तौला र म समेतलाई दिएको जिम्मेवारी, सरोकारवाला पक्ष र विज्ञको सल्लाह, सुझाव, सहयोग लिई सहजीकरण गर्न सफल भएका छौँ ।”

शर्माल यसबाट नेपालको शान्ति प्रक्रियाको बाँकी काम चाँडो पूरा हुने विश्वास व्यक्त गरे । उपमहासचिव शर्माले यस क्रममा सल्लाह–सुझाव दिएर वा प्रश्न गरेर सहयोग गर्ने सबै र महत्वपूर्ण कामको जिम्मेवारी दिनुहुने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धन्यवाद दिए । प्रमुख तीन दलबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा आज सहमति जुटेको हो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  १ : २८ बजे

सुकुमवासी क्षेत्रबाट उद्धार गरिएकाहरुलाई होटल व्यवसायी महासंघले अस्थायी आश्रय दिने

काठमाडौं । सरकारले थापाथली, मनोहरा लगायतका स्थानबाट सुकुमवासीहरुलाई हटाउन थालेसँगै

काठमाडौं उपत्यकामा अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र, सुकुम्बासी व्यवस्थापन प्रक्रिया सुरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक

नेपालगन्जमा लागुऔषध कारोबारे पक्राउ गर्न हवाई फायर, तीन जना पक्राउ

नेपालगन्ज । प्रहरीले नेपालगन्जमा आज हवाइफायरिङ गरेर तीन जना लागुऔषध

गीता पाण्डे मृत्यु प्रकरण : डा. रूपाखेती निलम्बित, जोनल र इन्दुलेखा बन्द गर्न सिफारिश

बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका-२ की २९ वर्षीया गीता पाण्डेको

इक्यान रुपन्देहीको पहलमा शैक्षिक परामर्श व्यवसायीलाई अभिमुखिकरण तथा प्रशिक्षण

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको आयोजनामा संघमा