जुम्ला । छिमेकी जिल्ला जाजरकोटमा केन्द्रविन्द्र बनाएर गएराति गएको भूकम्पका कारण जुम्लामा पाँचजना सामान्य घाइते भएका छन् । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । जुम्लाको तातोपानी गाउँपालिका–३ बाहुनवाडा निवासी २६ वर्षीया सृजना गौतमको हातमा र उनका ११ महिनाका छोरा आयुषको आँखामा चोट लागेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । प्रमुख…