२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

भूकम्प प्रभावितको उद्धार तथा राहतमा लाग्न माओवादी केन्द्रको अपिल



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले भूकम्प प्रभावितको उद्धार, राहत र खोजीमा जुट्न समग्र पार्टीपंक्तिलाई आग्रह गरेको छ ।

सो पार्टीका महासचिव देव गुरुङले विपद्को यस घडीमा कर्णाली प्रदेशलगायत पार्टीपंक्ति, जनवर्गी सङ्गठनलाई तत्काल उद्धार र राहतमा जुट्न आग्रह गरेका छन् ।

गए राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भइ छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ ।

भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिबाट पार्टी अत्यन्तै मर्माहित भएको जनाउँदै उद्धारमा र राहतमा जुट्न महासचिव गुरुङले सबैमा अनुरोध गरेका हुन् । उनले उद्धार कार्यमा जुट्न पार्टी कार्यकर्तालाई पनि निर्देशन दिएका छन् ।

विपद्को यस घडीमा घाइतेहरुको खोज तथा उद्धार गरी अविलम्ब उपचारको व्यवस्था मिलाउन, विस्थापितलाई पुनःस्थापनाको व्यवस्था गर्न, खाद्यान्नलगायतका आवश्यक बन्दोवस्तीका सामग्रीहरुको यथाशीघ्र व्यवस्था गर्न सरकारसँग उनले माग गरेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : ३४ बजे

स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार व्यक्ति पक्राउ

वीरगञ्ज  । स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौं । सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ ।

ग्यास सिलिण्डर अनावश्यक भण्डारण नगर्न चितवन प्रशासनको आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने

के तपाईको इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या

काठमाडौं । तत्काल ऊर्जा र सतर्कता बढाउने दाबी गरिएका इनर्जी

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा