११ पुस २०८२, शुक्रबार | December 26, 2025

बाख्रा अनुसन्धान केन्द्रमा घाँसको समस्या

तनहुँ । तनहुँको बन्दीपुरमा रहेको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यालयले २९ जिल्लामा प्रजनन योग्य पाठापाठी वितरण गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा २९ जिल्लामा प्रजनन योग्य पाठापाठी वितरण गरेको हो । कार्यालयले १९१ पाठापाठी वितरण गरेको वरिष्ठ कृषि अधिकृत बुद्धिराम आचार्यले जानकारी दिए । उनका अनुसार १४८ बोका र ४३ पाठी वितरण गरिएको छ ।…