४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न – न्याय किन महँगो भयो ?

काठमाडौं । “न्यायमा सर्वसाधारणको पहुँच कहिले पुग्छ ?”, सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरु सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइका क्रममा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रश्न गरे, “न्याय महँगो भयो, सर्वसाधारणले कहिले न्यायको अनुभूति गर्न पाउँछन् ?” सांसद कार्कीको जस्तै सांसद महेश बर्तौलाको प्रश्न थियो, “न्यायालयप्रति जनआस्था डगमगाएको छ, न्यायालयको ढोकादेखि इजलाससम्म न्याय किनबेच हुन्छ…