४ असार २०८२, बुधबार | June 18, 2025

कोहलपुरमा भएको मोटरसाइकल दुर्घटनाबाट घाइते वलीको मृत्यु



नेपालगन्ज । बाँकेको कोहलपुरमा भएको मोटरसाइकल दुर्घटनाबाट घाइते बल बहादुर वलीको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-३ मदनचोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक वली आज बिहान गम्भीर घाइते भएका थिए ।

सुर्खेत गुर्बाकोट नगरपालिका-९ घर भई बाँके नेपालगंज उपमहानगरपालिका—१५ जमुनिया डेरा गरी बस्दै आएका वलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भे. ९ प २३३३ नम्बरको मोटरसाइकल मंगलबार बिहान भे. १ त ३६९३ नम्बरको ट्रयाक्टरमा ठक्कर खाँदा वली गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १० : ४३ बजे

विनयी खोलामा आएको बाढीले पुनः डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्ड पुन: अवरुद्ध भएको

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं । काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ