१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

संविधानले विविधतासहितको एकतालाई आत्मसात् गरेको छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानले विविधतासहितको एकतालाई राष्ट्रिय मेरूदण्डका रूपमा आत्मसात् गरेको बताएका छन् । नयाँ वर्ष शुभारम्भको रूपमा तमु (गुरुङ) समुदायले विशेष महत्त्वका साथ मनाउने तमु ल्होसारका अवसरमा आज देश तथा विदेशमा रहेका तमु समुदायका साथै समस्त नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना उनले व्यक्त गरेकाछन् ।…