काठमाडौं । रोल्पामा आइतबार बेलुकी जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि दाङको राप्ती गाउँपालिका– ३ मसुरियाका २२ वर्षीय जेसीबीका सहचालक अमृत चौधरीको मृत्यु भएको हो। रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देविराम भण्डारीका अनुसार जेसीबीको ब्रेक फेल भई सडक किनारमा पल्टिएको थियो। सोही जेसीबीले च्यापिएका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ…