७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी : परराष्ट्रमन्त्री



काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ शैक्षिक मेलाले नेपाल र चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तार भई शिक्षाको गुणस्तर वृद्धिमा पनि सहयोग पुग्ने बताउका छन् ।

काठमाडौंस्थित चिनियाँ राजदूतावास र चाइना स्कलरसिप काउन्सिलले राजधानीमा आज आयोजना गरेको चिनियाँ शैक्षिक मेलाको उद्घाटन गर्दै श्रेष्ठले चीनका प्राध्यापकले नेपालको भ्रमण गरेर दुई देशबीचको शैक्षिक सुधारमा पनि सहयोग पुगेको बताए । नेपाली विद्यार्थीले चीनमा छात्रवृत्ति पाएर अध्ययन गरी विशिष्टता हासिल गरेर फर्केका धेरै उदाहरण रहेको उपप्रधानमन्त्री श्रेष्ठले कार्यक्रममा सुनाए। मेलापछि भविष्यमा अझ धेरै विद्यार्थी लाभान्वित हुने उनको विश्वास थियो ।

शैक्षिक मेलाले चीनको उच्च शिक्षाका बारेमा जानकारी दिन कोशेढुङ्गाको काम गरेको उल्लेख गर्दै उनले नेपालका पूर्व एवं वर्तमान उच्च अधिकारीबाट भएको औपचारिक भ्रमणले पनि दुई देशबीचको शैक्षिक, सांंस्कृतिक र सामाजिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेको श्रेष्ठको भनाइ थियो ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले हाल चीनमा दुई हजार पाँच सय नेपाली विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै नेपालमा अध्ययन, अध्यापन गर्न आउने चिनियाँ विज्ञ, विश्वविद्यालयका विद्यार्थी र अन्तर्राष्ट्रिय चिनियाँ शिक्षा स्वयंसेवकको सङ्ख्या निरन्तर बढिरहेको बताए ।

दुई देशबीचको सांस्कृतिक आदानप्रदान र शैक्षिक सहयोग चीन–नेपालबीचको सम्बन्धको महत्वपूर्ण आधारशीला बनेको उनले बताए । यसले साझा भविष्यका साथै चीन–नेपाल समुदायको घनिष्ठ र अझ नजिकको सम्बन्ध निर्माण गर्न अतुलनीय योगदान दिएको राजदूत सोङले बताए ।

नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष हरिश्चन्द्र साहले दुई देशबीचको शैक्षिक सम्बन्ध पनि जनस्तरमा जस्तै सुमधुर बनाउन शैक्षिक मेलाले सहयोग गर्ने विश्वास व्यक्त गरे । चीनको शैक्षिक गुणस्तर अन्तर्राष्ट्रियस्तरको भएकाले नेपाली विद्यार्थीले यसबाट लाभान्वित हुने अवसर पाउने उनले सुनाए ।

कार्यक्रममा चाइना स्कलरसिप काउन्सिलका उपमहासचिव झाङ जुनियरले एक दशकपछि यस्तो मेला आयोजना गरेर चिनियाँ शैक्षिक अवस्थाका बारेमा नेपाली विद्यार्थी, अभिभावक एवं सरोकार भएका अन्य व्यक्तिलाई गराउने अवसर प्राप्त भएको बताए ।

एक दिने शैक्षिक मेलामा चीनका ३१ विश्वविद्यालय एवं शैक्षिक प्रतिष्ठानले सञ्चालन गरिरहेका कार्यक्रमका बारेमा जानकारीसहितको सामग्री राखिएको छ । यसबाट चीनमा गई उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थी लाभान्वित हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ४ : ११ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई