७ पुस २०८२, सोमबार | December 23, 2025

तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना, २० भन्दा बढी घाइते

काठमाडौं । काठमाडौंको तारकेश्वरबाट माछापोखरीतर्फ आउँदै गरेको बा ५ ख ५० नम्बरको बस आज बिहान माछापोखरी बाइपासको उकालो चोकमा दुर्घटनामा परेको छ। स्थानीयका अनुसार बसले मोटरसाइकललाई जोगाउने प्रयास गर्दा मुख्य सडकमै पल्टिएको हो। दुर्घटनामा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि नजिकैको अस्पताल लगिएको छ।