२९ भदौ २०८३, सोमबार | September 14, 2026

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर



वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट मात्रै रु ३० अर्ब २५ करोड सङ्कलन गरेको छ । वीरगञ्ज हुँदै पाँच महिनामा पाँच थरिका रु ७२ अर्ब २८ करोडको पेट्रोलियम पदार्थ आयात हुँदा सो राजस्व सङ्कलन भएको हो । राजस्वमा पेट्रोलियम पदार्थको हिस्सा भने ३१ दशमलव ३९ प्रतिशत छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्ट वीरगञ्ज भन्सारको राजस्वको मुख्य आधार नै पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातबाट प्राप्त हुने राजस्व रहेको बताए ।

त्यस्तै दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्टपुजा आयातबाट रु १२ अर्ब ७४ करोड रकम प्राप्त गरेको छ । आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपुर्जाको हिस्सा भने १३ दशमलव २२ प्रतिशत रहेको छ ।

त्यस्तै फलाम तथा फलामबाट बनेका सामानबाट भने रु पाँच अर्ब ६५ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै कपडाहरूको आयातबाट भने रु चार अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको पाँच महिनामा समग्रमा रु ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन गरेको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  १२ : १६ बजे

महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं । ‘एसिसी प्रिमियर कप २०२६’ को उपाधि विजेता नेपाली

हरितालिका तीज पर्व आज, महादेवको पूजा-आराधना गरी मनाइँदै

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व

थारू समुदायमा अट्वारीको रौनक

दाङ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी आइतबार अट्वारी पर्वकालागि

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका