ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बुधबार तिब्बतको ल्हासा आएका थिए । प्रधानमन्त्री प्रचण्ड कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गंगा विमानस्थल पुग्ने र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका…