काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मुलुकको शैक्षिक क्षेत्रको विकासमा सरकार संवेदनशील नभएको आरोप लगाएका छन् । मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भए पनि गठबन्धन सरकारले यसको विकासका लागि लगानीको वातावरण नबनाएकोसमेत आरोप लगाएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सचिव भट्टराईले मुलुकलाई सवल…