काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिएको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए। निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।…