१३ आश्विन २०८०, शनिबार | September 30, 2023

रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता



मस्को । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेटवार्ता भएको छ । यो केन्द्र भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा छ ।

दुई शीर्ष नेताबीच भएको भेटवार्तामा सैनिक क्षेत्र लगायत महत्वपूर्ण विषयमा छलफल भएको क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभले बताएका छन् । दुई सार्भभौममुलुक बीच भएको छलफलमा तेस्रो मुलुकले चासो राख्न आवश्यक नभएको टिप्पणी उनले गरेका छन् । यो भेटवार्तालाई अमेरिका लगायत पश्चिमा देशहरुले उत्तर कोरियाद्वारा युक्रेन विरुद्ध रुसलाई हतियार आपूर्ति हुनसक्ने आशंका गरेका छन् ।

भेटवार्ताअघि नेता किम कालो लिमोजिनमा कस्मोड्रोमको रकेट प्रक्षेपण गर्ने भवनमा आइपुग्दा राष्ट्रपति पुटिनले स्वागत गरेका थिए । दुवै नेताले मुस्कुराउँदै हात मिलाए र केही शब्दहरू आदान प्रदान गर्नुभयो । क्रेमलिनको आधिकारिक टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा दुई नेताले हात मिलाउँदै गरेको देखिन्छ ।

नेता किमले राष्ट्रपति पुटिनलाई उनको व्यस्त कार्यतालिकाका बाबजुद पनि भ्रमणका निम्ति निमन्त्रणा गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । यसबाट उत्तर कोरिया र रुसबीचको रणनीतिक सम्बन्ध र दुवै देशका समान प्राथमिकता प्रतिबिम्बित भएका उनले उल्लेख गरे ।

यसअघि रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किमबीच सन् २०१९ मा भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १ : ४५ बजे

नेपालको धारणा प्रति चिनियाँ राष्ट्रपतिको पूर्ण समर्थन रहेको प्रधानमन्त्री प्रचण्डको दाबी (विज्ञप्तिकोपूर्णपाठ)

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँगको व्यापार, लगानी तथा अन्तर्देशीय

बिमानस्थलबाट समातियाे तस्करीकाे तीन किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुन बरामद

भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई अनुमति, ४४ मेगावाट बिक्री गर्न पाउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं । चीन भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका छन्

धौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु

बागलुङ । बागलुङको धौलागिरी अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको