काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२’ले स्थानहद तोकिएका पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाइएको यात्रा प्रतिबन्ध फुकुवा गरेको छ। आयोगले यसअघि काठमाडौं उपत्यकाबाहिर जान नपाउने भनी लगाइएको प्रावधान हटाउँदै उनीहरूको भ्रमण स्वतन्त्र गरेको हो।…