बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन पुन: तनावग्रस्त बनेको छ । क्षेत्र ‘घ’ अन्तरगत शुक्रबारदेखि जारी सम्मेलनमा महिला प्रतिधिलाई प्रहरीको बल प्रयोग गरी घिसारेर कार्यक्रमस्थलबाट बाहिर निकालिएको छ । विवादपछि शुक्रबारदेखि नै बाक्लो रुपमा प्रहरी परिचालन गरी कडा सुरक्षा बीच सञ्चालन गरिएको सम्मेलनमा धनगढी लेडी सेसिजकी अध्यक्ष सरिता साउदलाई सभाकक्षबाट घिसारेर…