ताप्लेजुङ । गए राति गएको पहिरोको कारण मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ सदरमुकाम-काबेली सडकखण्ड अवरुद्ध बनेको छ । वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको छ । खोक्सेबाट खहरेखोलासम्म सात ठाउँमा पहिरो झरेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले बताए । आज बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए । “ठाउँ ठाउँमा पहिरो झरेको…