काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले केही दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार अहिले कोशी प्रदेशको तराई र मधेस प्रदेशमा मौसम सफा छ भने बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी र गण्डकी…