काठमाडौं । गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणको नाफा घटेको छ । बिहीबार प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष ०७९/८० को नाफा १२ अर्ब ३३ करोड पुगेको जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको थियो। कार्यकारी निर्देशक घिसिङले गत वर्ष लामो समय…