१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बाँकेमा भेटियो नक्कली औषधी पसल र नक्कली डाक्टर, पसलमा शिल, बिक्रेता पक्राउ



नेपालगन्ज । बाँकेमा नक्कली औषधी पसल फेला परेको छ । जिल्लाको डुडुवा गाउँपालिकाको वडा न. ६ चौधरीपुर्वाबाट एक जना नक्कली औषधि बिक्रेतालाई बाँके प्रशासनले पक्राउ गरि नक्कली औषधि पसल शिल गरेको छ ।

औषधी पसल संचालन गर्ने कुनैपनि कागजाद र अनुमति नलिई लामो समयदेखि औषधी पसल गर्दै आएका विकास लखेरलाई नियन्त्रणमा लिँदै बाँके प्रशासनले लखेरले चलाउँदै आएको औषधी पसललाई शिलबन्दी गरेको जनाएको छ । लखेरसँग औषधि बिक्री गर्ने योग्यताको प्रमाण पत्र नभएको र पसल प्रचलित कानून कहिँकतै दर्ता समेत नभएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

पोखरेलका अनुसार उक्त पसलमा रहेका ७५ प्रतिशत बढी औषधी म्याद नाघेको फेला परेको छ । कतिपय औषधीमा आफैले कलमबाट म्याद सच्याइएको(ओभरराईड) गरिएको पाइएको प्रजिअ पोखरेलले बताए ।

बरामद भएका केही औषधीहरु नेपालमा प्रतिबन्धित रहेको पनि उनले बताए । प्रतिबन्धित भिगो टृप्पल एक्स , डर्मिकेम जस्ता नेपालमा उपयोग गर्न समेत निषेध गरिएको औषधी सो पसलमा बरामद भएको उनले बताए ।

लखेरले स्थानीयलाई आफु डाक्टर भएको भन्दै बिरामी जाँच्ने र औषधी दिने समेत कार्यसमेत गर्ने गरेको स्थानीयले बताएका छन् ।

औषधी ब्यवस्था बिभाग शाखा कार्यालय नेपालगन्जसँग समन्वय गरि नक्कली बिक्रेता लखेरलाई औषधी बिक्री बितरण सम्बन्धी प्रचलित कानून बमोजिम कारवाहि गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ७ : २७ बजे

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका