२९ बैशाख २०८१, शनिबार | May 12, 2024

नेपालगन्ज भन्सार नाकाको राजमार्गमा सवारी पार्किङमा प्रतिबन्ध



नेपालगन्ज । नेपालगन्ज स्थित भन्सार कार्यालय अगाडि सडकमा मालबाहक सवारी साधन पार्किङ गर्न प्रतिबनध लगाइने भएको छ । आवागमन नै अवरोध हुनेगरि मालबाहक सवारी साधन सडकमा पार्किङ गरिँदा समस्या उत्पन्न भएको गुनासो आएपछि सडकमा गरिँदै आएको पार्किङमा प्रतिबनध लगाइने भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले अवदेखि सडकमा पार्किङ गर्ने साधनमाथि कारबाही गरिने बताउका छन् । राजमार्गमा रहेका ट्रक, ट्याङ्कर, मालवाहक कुनै पनि साधनलाई भन्सार यार्डमा मात्र पार्किङ हुने प्रबन्ध मिलाउने र रोडमा पार्किङ गर्नेलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

भन्सार कार्यालय अगाडि भारतीय सीमानजिक जमुनाह–नेपालगन्ज सडकखण्डमा रहेको सुरक्षा ढाटका कारण रात्रिकालीन आवागमनमा अवरोध हुने गरेको जनगुनासोपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले सुरक्षा प्रमुख र भन्सार कार्यालयका प्रमुखसहित स्थलगत अनुगमन गरेका थिए ।

उनले जिल्लास्थित सुरक्षा कार्यालयका प्रमुख र भन्सार प्रमुखसहितको बैठकले रात्रिकालीन समयमा आवागमन सुचारु गर्न विभिन्न निर्णय गगरिएको जानकारी दिए । उनका अनुसार बैठकले भन्सारनाकामा रहेका सुरक्षा ब्यारियरलगायतका अन्य संरचनालाई रङ्गरोगन तथा मर्मत सम्भार गर्ने तथा रात्रिकालीन आवागमनमा जाँचमा रहेका कर्मचारी र सुरक्षाकर्मीले नागरिकको व्यवहारिकता बुझेर आवागमनलाई सहज बनाउने निर्णय गरेको छ ।

हाल राति १० बजेपछि आवागमन बन्द हुने भएपछि भारतका विभिन्न शहरबाट फर्किने नेपालीहरू भारतीय बजार रुपैडियामा अलपत्र पर्नु पर्ने वा समयभित्र पुग्न भन्दै तीव्र गतिमा भएपनि जमुनाहा पुग्न सवारी चलाउँदा पटक–पटक सवारी दुर्घटना समेत हुने गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ५ : ५२ बजे

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी

लियोको ३२५ पी नेपालको अध्यक्षमा रुपन्देहीकी श्रद्धा कुँवर

बुटवल । लियो ३२५ पी नेपालको अध्यक्षमा श्रद्धा कुँवर निर्वाचितभएकी

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी विजयी

बुटवल । खेलकुदमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ शनिबार बुटवलमा

नेवाः सेवा समिति बुटवलको १५ औं वार्षिक साधारणसभा सम्पन्न

बुटवल । श्री नेवा: सेवा समितिको १५ औ वार्षिक साधारण

अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि बुटवललाई

बुटवल । बुटवलमा भएको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल