१३ श्रावण २०८३, बुधबार | July 30, 2026

नेपालगन्ज भन्सार नाकाको राजमार्गमा सवारी पार्किङमा प्रतिबन्ध



नेपालगन्ज । नेपालगन्ज स्थित भन्सार कार्यालय अगाडि सडकमा मालबाहक सवारी साधन पार्किङ गर्न प्रतिबनध लगाइने भएको छ । आवागमन नै अवरोध हुनेगरि मालबाहक सवारी साधन सडकमा पार्किङ गरिँदा समस्या उत्पन्न भएको गुनासो आएपछि सडकमा गरिँदै आएको पार्किङमा प्रतिबनध लगाइने भएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले अवदेखि सडकमा पार्किङ गर्ने साधनमाथि कारबाही गरिने बताउका छन् । राजमार्गमा रहेका ट्रक, ट्याङ्कर, मालवाहक कुनै पनि साधनलाई भन्सार यार्डमा मात्र पार्किङ हुने प्रबन्ध मिलाउने र रोडमा पार्किङ गर्नेलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

भन्सार कार्यालय अगाडि भारतीय सीमानजिक जमुनाह–नेपालगन्ज सडकखण्डमा रहेको सुरक्षा ढाटका कारण रात्रिकालीन आवागमनमा अवरोध हुने गरेको जनगुनासोपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले सुरक्षा प्रमुख र भन्सार कार्यालयका प्रमुखसहित स्थलगत अनुगमन गरेका थिए ।

उनले जिल्लास्थित सुरक्षा कार्यालयका प्रमुख र भन्सार प्रमुखसहितको बैठकले रात्रिकालीन समयमा आवागमन सुचारु गर्न विभिन्न निर्णय गगरिएको जानकारी दिए । उनका अनुसार बैठकले भन्सारनाकामा रहेका सुरक्षा ब्यारियरलगायतका अन्य संरचनालाई रङ्गरोगन तथा मर्मत सम्भार गर्ने तथा रात्रिकालीन आवागमनमा जाँचमा रहेका कर्मचारी र सुरक्षाकर्मीले नागरिकको व्यवहारिकता बुझेर आवागमनलाई सहज बनाउने निर्णय गरेको छ ।

हाल राति १० बजेपछि आवागमन बन्द हुने भएपछि भारतका विभिन्न शहरबाट फर्किने नेपालीहरू भारतीय बजार रुपैडियामा अलपत्र पर्नु पर्ने वा समयभित्र पुग्न भन्दै तीव्र गतिमा भएपनि जमुनाहा पुग्न सवारी चलाउँदा पटक–पटक सवारी दुर्घटना समेत हुने गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ५ : ५२ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ