काठमाडौं । देशभर चलेको जेन जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु भएको नेपाल प्रहरीले पुष्टि गरेको छ। प्रहरी सहप्रवक्ता रमेश थापाका अनुसार मृत्यु हुनेमध्ये ३ जना प्रहरी, १ भारतीय नागरिक र बाँकी नेपाली नागरिक रहेका छन्। मृतकमध्ये ३६ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। त्यहाँका शवको पोस्टमार्टम शुक्रबारदेखि सुरु भएको प्रहरीले जनाएको छ।…