१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

रहेनन् मूर्तिकार बालकृष्ण तुलाधर

काठमाडौं । मूर्धन्य मूर्तिकार बालकृष्ण तुलाधरको ९१ वर्षको उमेरमा आज निधन भएको छ । सहिदगेटमा स्थापित राजा त्रिभुवनको शालिकलगायत सहिद गङ्गालाल, दशरथचन्द, धर्मभक्त र शुक्रराजको शालिक तथा त्यहाँ रहेका चारवटा तस्बिर उनका सिर्जना हुन् । त्यसैगरी, टुँडिखेलको सैनिक मञ्चमा रहेका छ जना सिपाहीको शालिक, बनेपा चौबाटोमा रहेको त्रिभुवनको शालिक, शोभाभगवतीमा रहेको अर्धकदको गणेशमान सिंहको शालिक…