काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र बझाङको अवलोकन गर्न त्यसतर्फ गएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट उनी बझाङ गएका हुन् । बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही १६ असोजमा गएको भूकम्प र त्यसपछिका परकम्पले धेरै भौतिक क्षति गरेको छ । भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको…