१० जेष्ठ २०८३, आइतबार | May 24, 2026

लुम्बिनीको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा बस्नेत

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा गृहजिल्ला दाङका जानकीलाल बस्नेतलाई नियुक्त गरेका छन्। दाङको राजपुर गाउँपालिका–७ निवासी बस्नेतलाई राज्यमन्त्रीसरह सुविधा दिनेगरी मुख्यमन्त्री चौधरीले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन २०७५ को दफा १० तथा अनुसूची २ बमोजिम भदौ ३१ गतेदेखि लागू हुने…