१ असार २०८२, आइतबार | June 15, 2025

नागरिकको गुनासो बढ्यो : महामन्त्री थापा



चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका गुनासा सुन्ने अवसर पाएको बताए ।

उनले भने “सुशासन, सेवा प्रवाहको सन्दर्भमा संविधान निर्माण लगायतका महत्वपूर्ण कुरा टुङ्गीसकेपछि महसुस गर्ने खालको परिवर्तन हुन्छ भन्ने लागेको हो त्यो प्राप्त गर्न नसकेकोमा जनताको गुनासो छ ।”

आम नागरिकका साना–साना मागसमेत पूरा हुन नसकेको जनगुनासो आफूले पाएको उनले बताए । महामन्त्री थापाले थपे “जुन कुरा सरकारले गर्न सक्ने कुरा छन् । सामान्य हिसाबले गर्न सकिने कुरा पनि नगरेको देख्दा त्यसबाट नैराश्यता सिर्जना भएको छ ।”

स्रोत साधनको अभावले गर्दा गर्न नसकेको ठूला कुरा स्वाभाविक भएको भन्दै उनले अहिले सबै खालको अनुकूलता भएको समयमा गर्न सकिने काम पनि नभएकामा नागरिकले गुनासो गरेको उनले सुनाए ।

पूर्वाधार बनिसकेपछि लाभ लिने कुरामा हामी सबै चुकेको अनुभूति भएको उनको भनाइ थियो । उनले भने “पूर्वाधार बनेको तर समयमा पूरा गर्न नसक्दा सिङ्गो नेपालभरिको ठेक्का प्रणालीको समस्या हुलाकी राजर्मामा देखियो । यस कारणले गर्दा लगानी भएपनि लाभ लिन नसकेको देखिन्छ ।”

देशभरका महासमिति सदस्य केही अनुभव वोकेर काठमाडौँ आउँदा महासमितिको बैठकमा यी बिषयमा छलफल हुने महामन्त्री थापाले बताए । निर्वाचन पछि गठवन्धन गर्दा राम्रो हुने भन्दै उनले निर्वाचन अघिको गठवन्धन उपयुक्त नहुने देखिएको टिप्पणी गरे ।

उनले भने “त्यो आफैमा गलत, संविधानको, लोकतन्त्रको भावनाविपरीत र सिङ्गो प्रणालीलाई विकृत वनायो ।” निर्वाचनपछि गठवन्धन वन्न सक्ने भन्दै उनले थपे “कुनै पनि दलले बहुमत ल्याएन भने निर्वाचनपछि गठवन्धन वन्छ । निर्वाचनपछिको गठवन्धनमा पनि त्यसको निम्ति चाहिने संस्कृतिको हामीमा अभाव छ ।”

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  २ : ५४ बजे

बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु : मन्त्री खड्का

काठमाडौर. । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण

लोक सेवा आयोगले आज हीरक महोत्सव मनाउँदै

काठमाडौं । ‘योग्यता, निष्पक्षता र स्वच्छता’ मूल मर्मका साथ अगाडि

लुम्बिनी प्रदेशको बजेट आज, कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकता

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का

पाँचथरमा बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु, तीनको उपचार जारी

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी

एजेन्सी । इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको