काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपहाडी जनजागरण अभियानअन्तर्गत यसअघि जस्तो ठूलो आमसभा र भेला नगर्ने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले वर्खायाम बाँकी नै रहेकाले ठूला सभा नगरी पार्टी र जनस्तरमा आन्तरिक छलफल गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकले सरकारलाई जनउत्तरदायी बनाउन खबरदारीसँगै…