३० भदौ २०८३, मंगलबार | September 15, 2026

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु



दोलखा । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

तामाकोशी–मन्थली सडकअन्तर्गत बैतेश्वर गाउँपालिका–६ स्थित तामाकोशी नदी नजिकै आज भएको मोटरसाइकल दुर्घटनामा बैतेश्वर गाउँपालिका–१ गैरीमुदीका ३० वर्षीय अङ्कितराज उप्रेतीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उप्रेतीको चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मेलुङ गाउँपालिका–१ पवटीका ३० वर्षीय दोर्जे लामा घाइते भएका र उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महत्तोले जानकारी दिए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ८ : १८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ