काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले सामूहिक भावना र भातृत्वभावका साथ आ–आफ्नो जिम्मेवारी बहन गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेपछि प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहमा उनले सङ्गठनको दीर्घकालीन श्रीवृद्धि, व्यावसायिकता र प्रतिष्ठाको प्रवद्र्धनका लागि सकारात्मक सोच, सक्रियता र उत्तरदायित्व बोध गरी खटिन निर्देशन दिए । प्रहरी महानिरीक्षक खापुङले…