२९ बैशाख २०८३, मंगलबार | May 13, 2026

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते



काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा घाइते भएका दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक श्यामकुमार बस्नेतका अनुसार ५९ वर्षीय मोटरसाइकल चालक सेख अली एस र अर्का एक अज्ञात पुरुषको काठमाडौंको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार दिउँसो काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा.प्र.००१ क ००११ नम्बरको स्कुल बस, एन.एल. ०१ बी.ए. ४६५४ नम्बरको डिब्बा गाडी, ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जी.जे. ०३ ए.के. ३२३१ नम्बरको बस र काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस तथा बा १ प ९१७ नम्बरको पर्यटक बस एकै स्थानमा दुर्घटनामा परेका थिए ।

दुर्घटनामा ६८ जना घाइते भएका छन्। केहीको स्थानीय तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको र केही घाइते डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ८ : ४१ बजे

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला