१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

सिनामंगलमा भेटियो शंकास्पद बस्तु, सेनाको बम डिस्पोजल टोली घटनास्थलमा

काठमाडौं। काठमाडौं सिनामंगलमा शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । सिनामंगलको खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर शंकास्पद वस्तु भेटिएपछि सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गर्न त्यहाँ पुगेको हो । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी उपस्थित भएका छन् ।