काठमाडौं । देशका विभिन्न भू-भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ । सुनसरीको धरान, चतरा तथा झापाको कनकाई, अनारमणि बिर्ता, चन्द्रगढी एयरपोर्ट तथा आसपासका क्षेत्रमा मध्यमदेखि…