६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको मतभार कायम



नेपालगन्ज । निर्वाचन आयोगले रिक्त हुँदै गरेको राष्ट्रियसभा सदस्य निर्वाचनकालागि नयाँ पदभार कायम गरेको छ । आयोगले आगामी फागुन २० गते सभाको एक तिहाइ सदस्यहरुको पदावधि सकिने जनाउँदै नयाँ पदभार कायम गरेको हो ।

आयोगका अनुसार नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको पदावधि आगामी फागुन २० गते समाप्त हुने छ । रिक्त पदको लागि निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था बमोजिम आज आयोगले आज पदभार कायम गरेको सूचना जारी गरेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डल (प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्याक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख) को मतभारको व्यवस्था रहेको छ ।

मतभार कायम गर्दा पछिल्लो राष्ट्रिय जनगणना अनुसारको कूल जनसङ्ख्यालाई आधार मानी कायम गगरिएको आयोगका प्रवक्ता सालिकराम पौडेलले बताए । हाल राष्ट्रिय जनगणना २०७८ सम्पन्न भै जनगणनाको प्रतिवेदन समेत सार्वजनिक भैसकेकोले सो प्रयोजनका लागि उक्त ऐन बमोजिम राष्ट्रिय तथ्याङ्क कार्यालयको सिफारिस समेतका आधारमा प्रदेश सभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको लागि १९ मतभार कायम हुने गरी आयोगबाट आजै निर्णय भएको उनले जानकारी दिए ।

यस अगाडिका राष्ट्रिय सभा सदस्य निर्वाचनमा उक्त मतभार प्रदेश सभा सदस्यका लागि ४८ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १८ रहेको थियो।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ५ : २४ बजे

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन