काठमाडौं । नेकपा (एमाले)का मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएकाछन् । पुस १० गते भएको सहमति पालना नगरेको भन्दै एमालेको आज बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट समेत फिर्ता हुने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसहित एमालेबाट प्रतिनिधित्व गर्ने आठ मन्त्रीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन्…