१२ श्रावण २०८१, शनिबार | July 27, 2024

विदेशी चलचित्रलाई बराबर शो नदिएको भन्दै निर्माण टोलीले रोके ‘दिमाख खराव’को प्रदर्शन



नेपालगन्ज । फिल्म हलहरुले पर्याप्त शो नदिएको भन्दै चलचित्र दिमाग खराबको निर्माण टीमले चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ।

चलचित्रका निर्देशक निश्चल बस्नेत र निर्माता रौनक विक्रम कडेलले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै हलहरुबाट समान ब्यवहार नपाउँदा सम्म चलचित्र प्रदर्शनमा रोक लगाउने घोषणा गरेका हुन्।

उनीहरुले विज्ञप्तिमा चलचित्र प्रदर्शकहरुबाट सधैँ नेपाली चलचित्र माथि अन्यायपूर्ण व्यवहार गर्दै आएको उल्लेख गरेका छन् । विदेश चलचित्रलाई जति पनि शो दिने तर नेपाली चलचित्रलाई विभेद हुने गरेको उनीहरुको भनाइ छ।

‘पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने शेयर बाँडफाड ५०–र५० प्रतिशत हुन्छ। तर तेस्रो हप्तादेखि निर्मातालाई ३५ र प्रदर्शकलाई ६५ प्रतिशत शेयर बाँडिने कुरा पनि हामीले जाहेर गर्दैछौँ। र, यो विभेदपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले हामीले प्रतिवाद गर्ने निर्णय गरेका छौँ,’ विज्ञप्तिमा भनिएको छ।

चलचित्र निर्माण टोलीले अगाडि भनेको छ,’हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबर शो प्रदान गरिँदैन र फिल्म प्रदर्शन भइरहुञ्जेल बराबरी शेयर बाडँफाँड हुँदैन तबसम्मको लागि नेपालमा चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेका छौँ।’

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ५ : ४१ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्