२२ भदौ २०८३, सोमबार | September 7, 2026

विदेशी चलचित्रलाई बराबर शो नदिएको भन्दै निर्माण टोलीले रोके ‘दिमाख खराव’को प्रदर्शन



नेपालगन्ज । फिल्म हलहरुले पर्याप्त शो नदिएको भन्दै चलचित्र दिमाग खराबको निर्माण टीमले चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ।

चलचित्रका निर्देशक निश्चल बस्नेत र निर्माता रौनक विक्रम कडेलले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै हलहरुबाट समान ब्यवहार नपाउँदा सम्म चलचित्र प्रदर्शनमा रोक लगाउने घोषणा गरेका हुन्।

उनीहरुले विज्ञप्तिमा चलचित्र प्रदर्शकहरुबाट सधैँ नेपाली चलचित्र माथि अन्यायपूर्ण व्यवहार गर्दै आएको उल्लेख गरेका छन् । विदेश चलचित्रलाई जति पनि शो दिने तर नेपाली चलचित्रलाई विभेद हुने गरेको उनीहरुको भनाइ छ।

‘पहिलो र दोस्रो हप्ता निर्माता र हल सञ्चालकमा हुने शेयर बाँडफाड ५०–र५० प्रतिशत हुन्छ। तर तेस्रो हप्तादेखि निर्मातालाई ३५ र प्रदर्शकलाई ६५ प्रतिशत शेयर बाँडिने कुरा पनि हामीले जाहेर गर्दैछौँ। र, यो विभेदपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले हामीले प्रतिवाद गर्ने निर्णय गरेका छौँ,’ विज्ञप्तिमा भनिएको छ।

चलचित्र निर्माण टोलीले अगाडि भनेको छ,’हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबर शो प्रदान गरिँदैन र फिल्म प्रदर्शन भइरहुञ्जेल बराबरी शेयर बाडँफाँड हुँदैन तबसम्मको लागि नेपालमा चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेका छौँ।’

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ५ : ४१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार