काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा र क्रोएसिया पठाइदिने भन्दै रु १५ लाख २१ हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा डडेल्धुरा भागेश्वर गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वर बस्ने २४ वर्षीय सुरेश नाथ र सङ्खुवासभा मकालु गाउँपालिका–४ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१३ बस्ने ४३ वर्षीय…