२२ भदौ २०८३, सोमबार | September 7, 2026

पन्चालको अर्धशतकमा कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य



काठमाडौं । ओपनर प्रियांक पन्चालको अर्धशतकले प्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध १६१ रनको चुनौती प्रस्तुत गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १६० रन जोड्यो ।

कर्णालीका ओपनर पन्चालले ४७ बलमा ६ चौका र दुई छक्काको मद्दतले ६३ रन बनाए। यो प्रतियोगितामा उनको दोस्रो अर्धशतक हो। यसअघि उनले चितवन राइनोजविरुद्ध ९० रन प्रहार गरेका थिए ।

२३–१ को अवस्थामा क्रिजमा उत्रिएका पन्चाल र विलियम बोसिस्टोसले दोस्रो विकेटका लागि ९६ रनको महत्वपूर्ण साझेदारी गर्दै कर्णालीको पारी सम्हाले । बोसिस्टोस ४८ बलमा ४८ रनसहित अविजित रहे ।

अघिल्लो खेलमा प्रतियोगिताको पहिलो शतक प्रहार गरेका मार्क वाट आज भने ६ रनमै पेभेलियन फर्किए । गुल्सन झाले १० बलमा दुई चौका र एक छक्कासहित २० रनको द्रुत पारी खेले ।

विराटनगरका मर्चेन्ट डी लिंगे र कप्तान सन्दीप लामिछानेले एक-एक विकेट लिए ।

कर्णालीको यो चौथो खेल हो । कर्णालीले यसअघि लुम्बिनी लायन्सलाई नौ विकेटले हराउँदा सुदूरपश्चिम रोयल्ससँग ४५ रन र चितवन राइनोजसँग चार विकेटले पराजित भएको थियो ।

विराटनगरको भने पाँचौँ खेल हो । विराटनगरले पहिलो तीन खेलमा पोखरा एभेन्जर्स, काठमाण्डू गोर्खाज र जनकपुर बोल्ट्सलाई हराउँदै उत्कृष्ट यात्रा बनाएको थियो । तर चौथो खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएपछि टिमको अपराजित यात्रा रोकिएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ६ : १४ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा