काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको पुर्पक्षका लागि कारागारमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले भेटेका छन् । मन्त्री साउदले केन्द्रीय कारागार सुन्धारा पुगेर खाणलाई भेटेका हुन् । केन्द्रीय कारागार सुन्धारा प्रशासनका अनुसार परराष्ट्रमन्त्री साउद बिहीबार बिहान १० बजे नेता खाणलाई भेट्न कारागारमा पुगेका थिए…