१२ माघ २०८२, सोमबार | January 26, 2026

सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने मागसहितको निवेदन सर्वोच्चमा दर्ता

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पूर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा आज निवेदन दर्ता भएको छ । नेपाल सरकारको तर्फबाट नायव महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको गत पुस २८ मा भएको आदेशमा प्रतिवादी लामिछानेलाई थुनामा राखी मुद्दा पूर्पक्ष गर्नुपर्ने उल्लेख छ…