काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारत र चीनबीच लिपुलेकबारे भएको सहमतिप्रति आपत्ति जनाउँदै त्यसविरुद्ध साझा रूपमा उभिनुपर्नेमा जोड दिएका छन्। शर्माले यो विषय कुनै दल वा पक्षको नभई राष्ट्रियताको सवाल भएकाले सरकार, संसद्, सत्तापक्ष र प्रतिपक्ष सबै मिलेर एकै स्वरमा प्रतिवाद गर्नुपर्ने बताएका छन्। उनले यसका लागि ६ बुँदे कार्ययोजना अघि सारेका छन्।…