१३ भदौ २०८३, शनिबार | August 29, 2026

हालान्डको निर्णायक गोलमा नर्वे अन्तिम १६ मा, अब ब्राजिलसँग भिड्ने



काठमाडौं । एर्लिङ हालान्डको निर्णायक गोलको मद्दतमा नर्वेले आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ (नकआउट चरण) मा स्थान सुरक्षित गरेको छ ।

अमेरिकाको डलास रंगशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा नर्वेले पुनरागमनको प्रयास गरेको आइभरी कोस्टलाई अन्तिम समयमा स्तब्ध पार्दै क्वार्टरफाइनल प्रवेशको सम्भावना जीवित राखेको हो। अब अन्तिम १६ मा नर्वेले उपाधि दाबेदार ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको ३९ औँ मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १-० ले आफ्नो पक्षमा टुंग्याएको नर्वेविरुद्ध आइभरी कोस्टले दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्‍यो ।

खेलको ७४ औँ मिनेटमा अमाद डियाल्लोले बराबरी गोल गर्दै आइभरी कोस्टलाई खेलमा फर्काए। त्यसपछि दुवै टोलीले जितका लागि लगातार आक्रमण गरे पनि खेल बराबरीतर्फ उन्मुख देखिएको थियो ।

तर खेलको ८६ औँ मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हालान्डले निर्णायक गोल गर्दै नर्वेलाई २-१ को अग्रता दिलाए । बाँकी समयमा आइभरी कोस्टले बराबरीको प्रयास गरे पनि सफल हुन नसकेपछि नर्वे विजयी हुँदै नकआउट चरणबाट अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।

यस जितसँगै नर्वेले विश्वकपको उपाधि दाबेदार मानिएको ब्राजिलसँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ८ : ०५ बजे

राहतमा दोहोरोपन रोक्न काठमाडौं प्रशासनको एकद्वार प्रणाली

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)