काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वदेशमा उत्पादित सवारीसाधन दर्ता एवं प्रवर्द्धन गर्नेगरी तत्काल कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । नेपालमा उत्पादित यात्रीसहित सवारीसाधन दर्ता गर्न सरकारले नमाने र ट्राफिक प्रहरीले दुःख दिएकाले आन्दोलन गर्नुपर्ने र यस आन्दोलनको नेतृत्व आफूले लिन तयार रहेको महावीर पुनःले सामाजिक सञ्जालमार्फत बताएपछि प्रधानमन्त्री प्रचण्डको सो निर्देशन आएको…